
काठमाडौं । शिक्षा मन्त्रालयद्वारा देशभरका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरिएको छ । शिक्षा मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्दै नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको छ ।
४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । बाँकी उपसचिवलाई संघ, प्रदेश वा स्थानीय तहमा पठाउने शिक्षा मन्त्रालयको निर्णय छ।
हेर्नुस् सुची को कहाँ ?









