मङ्सिर १ ।सिरहा,भारततर्फ पैठारी गर्न लगिरहेको ९०० केजी सुपारी सहित तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा फुलकहाकट्टी–५ बाट १५ वटा बोरामा प्याक गरिएको ९०० केजी सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।
हाँका अनुसार बरामद सुपारी अन्दाजी रु दुई लाख २५ हजार मूल्य बराबरको छ ।
“ठूलो परिमाणमा सुपारी भारततर्फ लैजाने तयारीमा छ भन्ने सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो”-प्रहरी निरीक्षक निरौलाले भन्नुभयो,”तर टोलीलाई हेर्ने बित्तिकै तस्कर सुपारी छाडेर भाग्यो ।” सुपारी बरामद गरी कार्यालय प्रहरी कार्यालय ल्याएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ ।








