मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी, बुलेटप्रुफ र जामर गाडी

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरी प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलिको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदै छन्। त्यसैका लागि उनको भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो।

मोदीको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्पवराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण भने सार्वजनिक गर्न नमिल्ने बताए। मोदीको वासस्थानका लागि होटल हायातलाई छनोट गरिएको छ। उनले यात्रा गर्ने बुलेटप्रुफ गडीको पछुवा विशेष प्रविधि जडित जामर गाडीसहित र दाँया बाया तथा अगाडि पछाडिबाट छ वटा सवारी साधनले सुरक्षा प्रदान गर्ने छन्। गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु