अन्तत: पछि हटे सिन्डिकेट पक्षधर,काठमाडौं -धुलिखेल रुटमा यातायात सुचारु

काठमाडौं । यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेटका पक्षधर यातायात व्यवसायी पछि हटेका छन्। सरकारले सुविधायुक्त मयूर यातायातलाई रुट परमिट दिएको विरोधमा विगत पाँच दिनदेखि काठमाडौं बनेपा रुटमा यातायात ठप्प पारेका व्यवसायीले बिहिबारदेखि भने गाडी चलाउन सुरु गरेका छन्।

सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि सिन्डिकेट पक्षधर व्यवसायी पछि हटेका हुन्। सिन्डिकेट गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने चेतावनी दिँदै सरकारले काठमाडौं बनेपा रुटमा नयाँ यातायात समितिलाई बुधबारदेखि नै रुट परमिट दिन थालेको छ।

बुधबार मात्रै ८ वटा नयाँ समितिले काठमाडौं बनेपा रुटमा अस्थायी रुट परमिट लिएका छन्। काठमाडौं बनेपा रुटमा नयाँ बस समितिले गाडी चलाउन थालेपछि कोटेश्वरपूर्व गाडी चलाउन रोकेका १३ वटै समितिले बिहीबार विहानैदेखि गाडी चलाउन थालेका हुन्।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसँग आवद्ध ११ वटा स्थानीय समितिले अरनिको राजमार्गमा अन्य सवारीलाई जबर्जस्ती रोक्दै आएका थिए। केही दिनअघि मयूर यातायातको बस उनीहरुले तोडफोड समेत गरेका थिए। काठमाडौं धुलिखेल रुटमा अनुमति लिएकामध्ये साझा र मेट्रो यातायातले बुधबारबाटै आफ्नो सेवा सरु गरिसकेका छन्। यसअघि बनेपासम्म रुट परमिट लिएको मयुर यातायातले बुधबारदेखि नै धुलिखेलसम्मको इजाजत लिएर सेवा दिन थालेको छ।

त्यस्तै मेट्रोसिटी, शिवदर्शन, महानगर, मध्यउपत्यका, अन्नपूर्ण लगायतका समितिले काठमाडौं धुलिखेल रुटमा बुधबारदेखि नै गाडी चलाउन थालेका छन्।nepalkhabar

सम्बन्धित शिर्षकहरु