अष्ट्रेलियाले ल्यायो नयाँ भिसा,दक्ष कामदारलाई कम्पनीले नै स्पोन्सर गर्ने

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले अब नयाँ भिसा ल्याउने भएको छ । विभिन्न देशका उच्च दक्ष कामदारहरु आर्कषण गर्ने लक्ष्य सहित अब उच्च दक्ष भिसा आउन लागेको हो। यो भिसा स्किम आगामी जुलाई देखी सुरु हुनेछ र परिक्षण अवधिको रुपमा १ वर्षसम्म लागु हुनेछ। त्यो १ वर्षको नतिजा अनुसार सरकारले फेरी निर्णय लिनेछ।

गोल्बल ट्यालेन्ट स्किम अन्तर्गत को यस भिसामा कम्पनीहरुले विभिन्न देशका उच्च दक्ष कामदारहरुलाई स्पोन्सर गरेर ल्याउन सक्नेछन्। ती कम्पनीले उनीहरुलाई वर्षको १ लाख ८० हजार डलर भन्दा माथी तलब दिनुपर्नेछ। यसको साथै यो भिसामा आउनेहरुले आकर्षक पद पनि पाउनेछन्। यो भिसा अन्तर्गत कामदार ल्याउने कम्पनीले वर्षको ४ मिलियन डलरको कारोबार गरेको हुनुपर्नेछ ।

यस भिसामा विदेशीहरुलाई ल्याउने कम्पनीले अष्ट्रेलियनलाई प्राथमिकता दिएको तर अष्ट्रेलियनबाट पद पूर्ति हुन नसक्ने भएकोले विदेशी ल्याएको हुनुपर्ने बताइएको छ।

 

सम्बन्धित शिर्षकहरु