रियल मड्रिडको सानदार कमव्याक, लेगानेस पराजित

एजेन्सी । पछिल्लो समय रियल मड्रिडले सुधारिएको खेल प्रदर्शन गरेको छ । बुधबार राति भएको स्पेनिस ला लिगामा सानदार कमव्याक गर्दै रियलले लेगानेसलाई ३-१ गोलले पराजित गरेको छ । रियलले खेलको ६ औ मिनेटमा नै गोल खान पुगेको थियो ।

लेगानेसका लागि उनइ बस्टिन्जाले गोल गरे । तर, खेलको ११ औ मिनेटमा नै रियलका लागि लुकास भाचकुचले बराबरी गोल फर्काए । खेलको २९ औ मिनेटमा काशिमेरोले गोल गर्दै रियललाई अग्रता दिलाए ।

दोस्रो हाफमा पनि रियल उत्तिकै लयमा देखियो । खेलको ९० औ मिनेटमा सर्जियो र्यामोसले पेनाल्टी मार्फत तेस्रो गोल गरे । यो जितसँगै रियल अंक तालिकामा २४ खेलमा ४८ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । बार्सिलोनाको २४ खेलमा ६२ अंक रहेको छ ।

सम्बन्धित शिर्षकहरु