थापाले दिए प्रधानमन्त्री अोलीलार्इ पुन: सपथ लिन सल्लाह, यस्तो छ कारण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सपथ लिन पर्ने जिकिर गरेका छन् । शपथकाक्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले राष्ट्रपति समक्ष पुनः शपथ लिई सपथ सच्याउन अाफ्नो ट्विट मार्फत प्रधानमन्त्री अोलिलार्इ सल्लाह दिएका छन्।

थापाले आफ्नो ट्वीटमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथमा सामान्य त्रुटि हुँदा दोहोर्‍याएर सपथ लिएको सन्दर्भ उल्लेख गर्दै यस्तो अाग्रह गरेका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘”मेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुंदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहराएर शपथ लिएका थिए। प्रम के पि ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो। निश्चय नै यो नियतवश होईन। त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु। शपथमा देश छुटनु राम्रो होईन ।”

सम्बन्धित शिर्षकहरु