सपथ खाँदा राष्ट्रपतिलाई किन ढाँटे ओलीले ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको सपथ लिदाँ जनताको नाममा लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी सपथ गर्ने क्रममा “ईश्वरको नाममा“ भन्ने शब्दावली उच्चारण गरेपछि ओलीले भने जनताको नाममा सथप लिए ।

विद्यादेवी भण्डारी सपथ गर्ने क्रममा “ईश्वरको नाममा“ भन्ने शब्दावली उच्चारण गर्दै एकछिन रोकिइन् । तर ओलीले अघि नै भनिँसकें भने । तर ओलीले यो वाक्यांश उच्चारणै गरेनन् । विश्वव्यापी मान्यता अनुसार सपथ गराउनेले उच्चारण गरेको वाक्य जस्ताको त्यस्तै उच्चारण गर्नु पर्छ । तर ओलीले देश र ईश्वरको नाम पनि उच्चारण गरेनन् ।

लालबाबु पण्डित र थममाया थापालाई समेटेर मन्त्रिपरिषद गठन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लालबाबु पण्डित र थममाया थापालाई समेटेर मन्त्रिपरिषद गठन गरेका छन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङगो नलागेकाले प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्री नियुक्त गरेर पहिलो चरणको मन्त्रिपरिषद विस्तार गरे । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताका शपथ लिएसँगै ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

 

सम्बन्धित शिर्षकहरु