राष्ट्रकवि घिमिरे अब नेपाली सेनाको जनरल

काठमाडाैँ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिसहितको सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

सरकारले राष्ट्रलाई विशिष्ठ योगदान दिने गैरसैनिक व्यक्तिलाई सेनाको मानार्थ पदवी दिन सक्ने व्यवस्था भएका कारण नेपाली सेनाको जङ्गी अड्डाको सिफारिसमा शुक्रबारको मन्त्री परिषद्ले यस्तो निर्णय गरेको हो। सेना दिवसका अवसरमा राष्ट्रकवि घिमिरेलाई सहायकरथीको दज्र्यानी प्रदान गरिने बताइएको छ।

नेपाली सेनाको मानार्थ पदवी पाउने व्यक्तित्वलाई विशेष समारोहबीच सैनिक पोशाकमै सम्मान गर्ने प्रचलन रहिअाएको छ । घिमिरेलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेना दिवस अर्थात् शिवरात्रीका दिन विशेष समारोहकाबीच मानार्थ पदवीबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शिर्षकहरु