
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा राखेको रात्रीभोजमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।
बिहीबार अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री स्वराजले रात्रिभोज लगत्तै मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैगरी उनले भोलि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ ।








