भारतीय राजदूतको दिवा भोज: प्रचण्ड गए,ओली गएनन्,भारतसंगको सम्बन्ध भत्केको हो त ?

काठमाडौं । काठमाडौंस्थित भारतीय दुतावासले ६९ औं गणतन्त्र दिवस आज धुमधामका साथ मनाएको छ । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले गणतन्त्र दिवसको अवसरमार आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, राजनीतिक दलका शीर्ष नेताहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको बाक्लो उपस्थिति थियो

तर कार्यक्रममा निकै महत्वका साथ हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थिति नभएको देख्दा धेरैले जिब्रो टोकेका थिए । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीलाई विशेष महत्व दिएर फोनवार्ता गरिरहेका छन् ।

निर्वाचन सम्पन्न भएपछिको यो एक महिनाको अवधिमा मोदीले ओलीसँग दुई पटक सम्वाद गरिसकेका छन् । भारतीय राजदुत पुरीले मोदी–ओलीवीच फोनवार्तालाई विशेष सम्बन्धको द्योत्तकको रुपमा चित्रण गरेका छन् । हिजो रिपोर्टर्स क्लबको विशेष साक्षात्कारमा पुरीले मोदीले दोहोर्याएर ओलीलाई फोन गर्नुको विशेष खुलासा समेत गरेका थिए ।

उनका अनुसार ओली मोदीको विशेष प्राथमिकतामा परेका छन् । तर नेपालमा निर्वाचन सम्पन्न भएर एउटा जनमत आइसकेपछि भारतले वाम गठबन्धनका नेताहरुसँग सम्बन्ध सुधार गर्न चाहेको प्रष्ट देखिन्छ। विशेषगरि नेपालको राजनीतिक स्थायित्व र विकासमा भारतको ध्यान छ ।

सोही अनुसार मोदीले नेपालका प्रमुख दलका नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । उनले निर्वाचन सम्पन्न भएलगत्तै प्रमुख दलका नेताहरु क्रमशः शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका थिए । उनले निर्वाचन सफल रुपमा सम्पन्न भएकोमा बधाई समेत दिएका थिए ।

सम्बन्धित शिर्षकहरु