राष्ट्रियसभाका लागि प्रदेश नं १ बाट १२ जनाको मनोनयन दर्ता

विराटनगर । माघ २४ गतेका लागी निर्धारण गरीएको राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ बाट आज अपराह्न ४ बजेसम्म ३ पार्टीका १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।

वाम गठबन्धनबाट दुई महिला, खुल्लाबाट तीन, दलित एक र अल्पसंख्यकबाट एक गरी सात जना उम्मेदवार रहेका छन् भने नेपाली काँग्रेसबाट महिला एक, खुल्ला एक, दलित एक र अल्पसंख्यकबाट एक गरी जम्मा चारजनाको मनोनयनपत्र दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने अल्पसंख्यकमा एकजनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार बनेका छन् ।

यसैगरी कांग्रेसबाट खुल्लामा रमेशजंग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसंख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी दर्ता भएको छ । महिला सदस्यमा माओवादी केन्द्रकी विना पोखरेल, एमालेकी नैनकला ओझा र कांग्रेसकी सरिता प्रसाईंको मात्र उम्मेदवारी परेका कारण उनीहरू तीनैजना निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षकहरु