
काठमाडाैँ । भरपर्दो वैकल्पिक राजनीतिक शक्ति मानिएको विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई सघाउने भएको छ। प्रदेश नम्बर ३ मा विवेकशील साझाका तीन प्रदेश सांसद रहेका छन् । जित्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै पार्टीले काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा प्रत्येक प्रदेश सदस्यको मतभार ४८ हुने व्यवस्था रहेको छ। यसअनुसार हेर्दा विवेकशील साझाको मतभार १४४ हुनेछ। प्रदेश तीनको खुला क्लष्टबारबाट काँग्रेसका राधेश्याम अधिकारी राष्ट्रिय सभा उम्मेदवार छन्। उनको उम्मेदवारी पूर्व नै काँग्रेस र विवेकशील साझाबीच बैठक भएको थियो। बैठकमा विवकेशीलले अधिकारी समर्थन गरेर जान सकिने बताएपछि काँग्रेसले उनलाई उम्मेदवार बनाएको हो। काँग्रेससँग भएकाे सहमतिलाई अाैपचारिकता दिन विवेकशील साझा पार्टीको बैठक जारी रहेको छ।








