
एजेन्सी । पूर्वी चिनियाँ समून्द्रमा एकहप्ता भन्दा धेरै दिनदेखि बलिरहेको एउटा इन्धनको ट्याङ्कर अन्तत अाइतबार डुबेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । उक्त साचीँ इन्धन ट्याङ्कर र कार्गो जहाज ६ जनवरीमा सांघाईभन्दा २६० किमि पर एकअर्कासँग ठोक्किएको थियो ।
आगलागीको समयमा उक्त ट्याङ्करमा कार्यरत ३० जना इरानी र २ जना बंगलादेशी नागरिकहरु हराएका थिए । हालैको प्राप्त खबर अनुसार एकजना इरानी अधिकारीहरुले ति सबै बेपत्ता भएका ३२ जना मानिसहरु मरिसकेको बताएका छन् ।








