काठमाडौं । प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रेशम चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र बुझन नपाउने भएका छन् ।
टिकापुर घटनाका मुख्य अभियुक्त भनी बारेन्ट जारी भएपछि फरार रहेका चौधरीले बारेस मार्फत निर्वाचनमा विजयी भएको प्रमाणपत्र लिन नपाउने भएका हुन्। फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए । न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलाशले सर्वोच्च प्रसासनको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णयलाई कानुन सम्बत् ठहर गरेको छ।
साथै आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।








