साउदीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

असोज २२ ।पाँचथर,रोजगारीको लागि साउदी पुगेका पाँचथरका एक युवक साउदीमा अवस्थामा मृत फेला परेका छन् ।

साउदीको सहुद अल अब्बाद कन्ट्र्याक्टरिङ कम्पनीमा कार्यरत पाँचथर पञ्चमी–९ का २९ वर्षीय टीका रसाइली सोमबार बेलुका सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

उक्त शवलाई परीक्षण गरी नेपाल ल्याएको साउदीमै रहेका पञ्चमीकै गिरी ईश्वरीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु