राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नफुकेसम्म देउवाले राजीनामा नदिने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभा गठन र प्रधानमन्त्रीको राजीनामाको विषयमा छलफल भएको बताइएको छ ।

भेटमा देउवाले आफू जतिसक्दो चाँडो बालुवाटार छाड्न आतुर रहेको बताउँदै राष्ट्रपतिलाई विधेयक रोकेर राख्ने संवैधानिक अधिकार नभएको कारण त्यो विधेयकलाई कसरी हुन्छ त्यहाँबाट अगाडि बढाउन अाग्रह पनि गरेका छन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फुकेपछि मात्र आफूले राजीनामा दिने देउवाले बताए ।

प्रचण्डले भने ठूलो जोखिम मोलेर चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री देउलाई बधाई दिए र यसले ठूलो राजनीतिक गतिरोध अन्त्य भएको पनि बताएका छन् ।

सम्बन्धित शिर्षकहरु