हमाल खादा बोकेर ओली निवासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिन महानायक राजेश हमाल शनिबार बालकोट पुगेका छन् । हमाले बालकोटस्थित ओली निवास नै पुगेर उनलाई बधाई दिएका हुन् । वाम गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको र आगामी सरकारको नेतृत्व गरी देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन हमाले ओलीलाई शुभकामना दिएका हुन् ।

भेटमा ओलीले पनि हमाललार्इ अभिनेताले चलचित्रमा मात्र नभई देशका लागि पनि भूमिका निभाउनुपर्ने बताए । हमालसँगको भेटमा ओलीले देश र जनताको पक्षमा काम गर्ने र जनताले दिने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

सम्बन्धित शिर्षकहरु