भदौ २४, काठमाडौं । गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको र्याली निकालेर निर्वाचन आचारसहिंता उल्लंघन गरेको र जलस्रोत राज्यमन्त्री पुनले जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा काँग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको अभियोगमा निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री अमर सिंह पुलसँग २४ घण्टे स्पष्टीकरणको माग गरेको छ ।
शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।








