भदौ २२, काठमाडौं । प्रदेश नम्वर २मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा बारामा दुईवटा र धनुषामा एकवटा गरी तीनवटा उपमहानगरपालिका छन् । । वीरगंज महानगरपालिकापछि सबै दलहरुले तीनवटा उपमहानगरपालिकालाई प्राथमिकता दिएका छन् । तीनवटै उपमहानगरपालिकामा मुख्य दलहरुले कसलाई उम्मेदवार उठाएका छन् त ?









