राजमार्गका होटलले यात्रीहरुलाई ठगे: ४ दिनको बासी खाना खुवाउदै

असोज १२, काठमाडौँ – दशैंमा राजधानीबाट घर फर्कने यात्रुको चाप अत्यधिक बढ्दै जाँदा राजमार्गमा रहेका होटलहरुले चरम लापरवाही गर्न थालेका छन् । राजमार्गका होटलमा खानेकुराको मुल्यमा मनपरी भैरहेको गुनाशो यात्रीहरुले गरिरहेको बेला ती होटलहरुले यात्रुलाई ४ दिन सम्मको बासी खाना खुवाउने गरेको भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको राजमार्ग होटल अनुगमनक क्रममा ४ दिनदेखिको बासी खाना यात्रुलाई खुवाएको भेटिएको छ । पृथ्वी राजमार्गको मध्यभाग मुग्लिनमा गरिएको अनुगमनबाट यो कुरा पत्ता लागेको हो । मुग्लिनको नुवाकोट त्रिशुली होटलले ४ दिनदेखिको बासी खाना बिक्री गरेको अवस्थामै फेला परेको थियो । होटलले बासी खाना बिक्रि गरेको भेतिएपछी विभागले खाना र पेयपदार्थको यात्रुले नै अधिक जानकारी लिएर मात्रै खान सुझाव दिएको छ ।

सम्बन्धित शिर्षकहरु