दशैंका सामान बोकेका १५ सय कन्टेनर दुई महिनादेखि केरुङमा अलपत्र

भदौं १८, काठमाडौं । नजिकिँदै गरेको दशैका लागी समान बोकेको कन्टेनर नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि रोकिएका हुन् । दशैं अाउन केहि दिन मात्र बाँकि रहँदा सामान बोकेका कन्टेनर नछुट्दा व्यवसायी मारमा परेका छन् । भन्सार मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताएका छन् ।

सामान बोकेका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसायीहरूले जानाएका छन् । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङबाट समयमै सामान नछुट्दा व्यवसायीलाई मार परेको हो ।

सम्बन्धित शिर्षकहरु