माल्टालाई अन्तिम १० मिनेट भारी पर्दा इङ्ल्याण्डको सानदार जित

भदौ १७, असनेपाल न्युज । शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले सानदार जित हात पारेको छ । माल्टाविरुद्धको खेलमा इङ्ल्याण्डले चार गोल गर्दै खेल जितेको हो ।

पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन । तर, दोस्रो हाफमा इङ्ल्याण्डका लागि ह्यारी केनले खेलको ५५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको अन्तिम १० मिनेट अति नै रोमाञ्चक बन्यो ।

इङ्ल्याण्डले यस अवधिमा तीन गोल गर्यो । रायन बट्राण्ड ८६ औ मिनेटमा गोल गरे । त्यस लगत्तै ९० औ मिनेटमा ड्यानी वेलबेकले तेस्रो गोल गरे । खेल सकिन केही मिनेट बाँकी रहँदा ह्यारी केनले चौथो गोल गरेका थिए । लामो सयम पछि इङ्ल्याण्डको यो सानदार जित हो । एजेन्सी

सम्बन्धित शिर्षकहरु