भदौ १६, न्युयोर्क । संयुक्त राज्य अमेरिकामा स्थित न्युयोर्कको उडसाइडमा बस्दै अाएकि एक नेपालीलाई ७० लाख डलरको चिठ्ठा परेको छ । न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको प्रोन्टो फुडमार्टबाट चिठ्ठा किनेकी २६ वर्षकी नेपाली युवती यांगी शेर्पालार्इ उकत चिठ्ठा परेको हो ।
प्रोन्टो फुडमार्ट ७४ स्ट्रीट र ब्रोडवेमा रहेको छ । ‘क्यास फर लाइफ’ नामको चिठ्ठाबाट उनले सो रकम जितेकी हुन् । आफूले किनेको टिकटले ७ मिलियन जितेको थाहा पाएपछि घरमा आएर ४/५ पटकसम्म रुजु गरेको उनले बताइन् । चिठ्ठामा जितेको रकमबाट परिवारका लागि नयाँ घर किन्ने योजना रहेको उनले जानकारी दिइन् ।








