भदौ २२ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

भदौ १६ , काठमाडौं । यहि भदौं २२ गते देखि दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आज यातायात व्यवस्था विभागमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफल पछि निर्णय गरीएको हो ।

व्यवसायीका सर्तका कारण भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने सरकारको प्रयास असफल भएको थियो । प्रत्येक दशैमा टिकट बुकिङ खुलाउने समयमा व्यावसायीहरुले सर्त राख्दा बुकिङमा हरेक वर्ष यात्रुहरुलाई अन्योल हुने गरेको छ ।

 

सम्बन्धित शिर्षकहरु