लन्डनको २७ तले भवनमा भीषण आगलागी

३१ जेठ,लन्डन । अाज बिहान पश्चिम लन्डनमा अवस्थित एक आवासीय भवनमा भीषण आगलागीमा भएको छ ।  २७ तल्ले त्यस भवनमा भएको आगलागीमा परी कतिजना घाइते भए भन्ने नखुलाईएपनि अहिलेसम्म ३० जना घाइते भएकाे हुनसक्ने अनुमान गरीएको छ ।

भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरेको जनाएको छ ।

आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रत्यक्षदर्शीले बताएअनुशार  भवनको करिब २५ औँ तलाबाट आगो निस्किएको हो  । आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्वारका लागि सहयोग मागिरहेकोजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बेलायतमा पछिल्ला केही समययता आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले यस आगलागीलाई पनि आतङ्ककारी हमला त होइन भनी नागरिकमा थप त्रास छाएको थियो तर प्रहरीले आगलागी कुनै हमलाका कारण नभई प्राविधिक समस्याका कारण भएको बताएको छ ।

सम्बन्धित शिर्षकहरु