भदौ १५, काठमाडौं । हिजो राति भएको भीषण वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड भासिएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोर खोला नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएपछि सवारी आवगमन अबरुद्ध भएको छ । सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
सडकको ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ नौ मिटर चौडाइ रहेको सडककको ४ मिटर बराबरको भाग नदिमा खसेको छ।








