
भदौं ११, काठमाडौं । एलजी कम्पनीले उत्पादन गरेको लामखुट्टे धपाउने टेलिभिजन नेपाली बजामा भित्रीएको छ । एलजी कम्पनीका अनुसार लामखुट्टेरहीत टेलिभिजनहरुमा ध्वनीसम्बन्धी उपकरणहरु जडित छन् जसले चालु हुनासाथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउँछ र लामखुट्टे भाग्न बाध्य हुन्छन् ।
ध्वनी तरंगहरुले कुनै पनि विकरण उत्पादन नगर्ने भएकाले यो हानिकारक नभएको उक्त कम्पनीले बताएको छ । ध्वनि नसुनिने, नदेखिने र गन्धहीन हुनुका साथै मानवीय गुणसँग मेल खाने र पूर्णरुपले सुरक्षित रहेको कम्पनीले जनाएको छ ।








