एमाओवादी नेता बोगटीको सम्झाना श्रदाञ्जली सभा

असोज ५ । काठमाडौ, एकीकृत नेकपा माओवादीले नेता पोष्टबहादुर बोगटीको आज श्रदाञ्जली सभा गरिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बिहान १२ बजेदेखि नेता बोगटीको श्रद्धाञ्जली सभा सुरु भएको हो ।

पार्टी कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेताहरु डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतको सहभागीतामा श्रदाञ्जली सभा भैरहेको एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बोगटीको सम्झानामा आज ७५ जिल्लामा नै श्रदान्जलीसभा गर्न लागिएको छ ।

गएको भदौ २६ गते हृयदघात भएपछि उपचारको क्रममा बोगटीको निधन भएको थियो ।

सम्बन्धित शिर्षकहरु