सडकको छेउ सुतेका बाढीपीडितको ट्रयाक्टरले किचेर मृत्यु

भदौ ६, बाँके । बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।

जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ । घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो । रासस

सम्बन्धित शिर्षकहरु