गोर्खाल्याण्ड आन्दोलनमा सहभागी भएको अारोपमा भारतीय प्रहरी द्वारा इलामे युवा पक्राउ

साउन २५, इलाम । गोर्खाल्याण्ड आन्दोलनको सहभागी भएको भन्दै सिलिगुढी प्रहरीले सोमबार इलामका उदयहाङ्ग फागो सिलगुढीबाट पक्राउ परेका छन् । फिक्कलका उदयहाङ्ग फागो लिम्बुवानका कार्यकर्ता हुन् । उपचारका लागि गएका फागो पक्राउ परेपछि उनका परिवार र फिक्कलबासीहरुले बुधबार जिल्ला प्रशासन कार्यालयमलाई रिहाइको पहल गरिदिन अपिल गरेका छन् । उनीसँगै जनमुक्ति मोर्चा सुकुनाका नेता नितिन क्षेत्री पनि पक्राउ परेका छन् ।

फागो आमाको उपचार गराउन भारत पुगेका थिए । पक्राउपछि फागोलाई भेट्न सिलिगुढी पुगेका आफन्तलाई भेट्नसमेत नदिएको उनका दाइले बताएका छन् । पक्राउ लगत्तै नेपाली भएको प्रमाण ल्याऊ छोड्छौं भने प्रमाण लिएर जाँदा हातहतियार प्रयोग सम्बन्धी मुद्धामा फसाएको पनि शरणले बताए ।

सम्बन्धित शिर्षकहरु