अब सार्वजनिक गाडीमा चढ्दा होसियार ! भोलिदेखि ‘स्टिङ अप्रेसन’

साउन १७,काठमाडौं । प्रहरीले सार्वजनिक सवारी साधनभित्र हुने यौनजन्य दुर्व्यवहारलाई रोक्न अब स्टिङ अप्रेसन सुरु गर्ने भएको छ । ‘सेफ्टी पिन अप्रेसन’ नाम दिएको यो अभियान बुधबारदेखि उपत्यकाभित्र सन्चालन हुनेछ। यो अप्रेसन उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा लागू हुनेछ । यसको लागि प्रहरीको टोली अब सादा पोसाकमा खटिने छ।

सार्वजनिक सवारी साधनभित्र यौनजन्य गतिविधि भेटिए उक्त टोलीले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने छ। यो टोलीले अति ब्यस्त हुने बसपार्क लगायत क्षेत्रमा प्रहरीको टोली सार्वजनिक सवारी साधनमा निगरानी गर्नेछ ।

प्रहरीको स्टिङ अप्रेसन अन्तर्गत एउटा सार्वजनिक सवारी साधनभित्र एक महिला प्रहरी र दुई पुरुष प्रहरी सादा पोसाकमा खटिनेछन्। सार्वजनिक सवारी साधनभित्र महिला यात्रुलाई यौन दुर्व्यवहार हुने गरेको गुनासो बढ्न थालेपछि प्रहरीले विषेष अभियान सन्चालन गर्न लागेको हो।

सम्बन्धित शिर्षकहरु