साउन १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक गरेका मन्त्रीपरिषद विस्तारमा सपथ ग्रहणमा मन्त्रीहरुको ‘ड्रेस कोड’लाई लिएर चर्चा भएको छ । केही समय पहिले राष्ट्रपतिको कार्यक्रममा सहभागि हुने पत्रकारलाई नै औपचारिक पोसाक लगाउन पत्राचार भएकामा वुधबार सपथ ग्रहण गर्ने मध्येका एक महेन्द्र यादवले न औपचारिक पोसाक लगाउन भ्याए । न उनलाई जुत्ता लगाउने होस् नै भयो ।
उनले साधारण रुपमा आफ्नो मधेसको मौलिकता ड्रेसमा देखा परे । यतिसम्म कि मन्त्री बनाउने तयारी गरिएका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सपथ लिन पाएनन् । सपथ ग्रहणको केहीबेरअघि मात्रै अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम मन्त्रीको सूचीमा राखियो । महेन्द्र हतार–हतार सपथ लिन पुगे । ‘ड्रेस कोड’को नियम पालना नहुँदा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाएको पोशाकका विषयमा सधैं चर्चा र विवाद हुने गरेको छ ।
धनुषाबाट समानुपातिकमा सांसद भएका यादवले चप्पलमै सपथ ग्रहण गरेपछि यो विषयले फेरि एक पटक चर्चा पायो । देउवाको मन्त्रिपरिषद्मा अन्तिम समयमा आएर सामेल हुने अवसर पाएका यादवले कुर्ता पाइजामा र चप्पलमै खानेपानी तथा सरसफाई मन्त्रीको सपथ लिए ।








