राष्ट्रपतिलाई फेसबुकमा गाली गर्ने पक्राउ

असार २९, कपिलवस्तु । यस साता  राष्ट्रपतिको गाडी खरिद प्रकरणले ठुलै चर्चा पाएको छ । यसै प्रकरणलाई जोडेर अाफ्नो फेसबुक स्टाटसमा राष्ट्रपति भण्डारी प्रति  अपमानजनक शब्द प्रयोग गर्ने सोनुकुमार सुनार  पक्राउ परेका छन् । सुनारले फेसबुकमा  राष्ट्रपति भण्डारीलाई निकै अपमानित शब्दमा गालीगलौज गरेका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरीले सुनारलाई रेडियो तौलिहवाको स्टेशन बाहिरबाट पक्राउ गरेको हो । उनी पेशाले पत्रकार हुन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् ।

सम्बन्धित शिर्षकहरु