भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवाद आज सुनुवाई हुंदै

असार २३, काठमाण्डौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना विवादबारे आज सर्वोच्च अदालतले सुनुवाइ गर्दै छ ।

कायममुकाय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यो मुद्दा हेर्दै आएको छ । आज सुनुवाइ सुरु भए यो मुद्दाका दुबै पक्षको बहस हुनेछ ।

भरतपुर मतगणना हुँदाहुँदै च्यातिएका मतपत्र र निर्वाचन आयोगले त्यसबारे गरेका निर्णय यसअघि यो इजलासले मगाएको थियो ।

मतगणना भइरहेका बेला माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो । त्यसपछि मतगणना स्थगित भएको थियो  । निर्वाचन आयोगले भरतपुर १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन मतगणना सुचारूको माग गर्दै भरतपुर १९ का वडा सदस्य उम्मेदवारले र वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

 

सम्बन्धित शिर्षकहरु