असार १४, क्यान्वेरा । नेपाल सरकारका तर्फबाट गत जेठ २ मा अष्ट्रेलियाको लागी नेपाली राजदुद चयन हुनुभएकि लक्कि शेर्पाले अस्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोवलाई मङ्लबार आफ्नो ओहदाको प्रत्र बुझाई कार्यभार सम्हाल्नु भएको छ । राजधानी क्यानवेरा स्थीत गभर्नर हाउसमा भएको अाैपचारीक कार्यक्रममा कोस्ग्रोवले शेर्पाको सफल कार्यकालको लागी शुभकामना दिनुभएको थियो । अाफ्नै माैलिक परम्परा झल्काउने पोसाकमा उपस्थित शेर्पाले राष्ट्रपति भण्डारी द्वारा गभरनर जनरललाई पठाइएको पत्र पढेर पनि सुनाउनु भएको थियो । अष्ट्रेलियाको नियमअनुसार प्रत्येक देशका राजदुतहरुले यहाको गभर्नर जनरललाई आफ्नो ओहदाको प्रमाण पत्र वुझाउने चलन भएकाे कारणले शेर्पा कार्यक्रममा सहभागी हुनुभएको हो ।
करीव १ बर्षपछि अष्ट्रेलियास्थित नेपाली दुतावासले नयाँ नेतृत्व पाएको हो । रुद्रकुमार नेपाल मे २०१६ मा नेपाली दुतावासबाट बिदावारी हुनुभएपछि क्यानवेरास्थित नेपाली दुतावास कार्यवाहक राजदुत राजेन्द्र पाण्डेको मेतृत्वमा रहदै आएको थियो । जनगुनासोहरुलाई ध्यानमा राख्दै उपलब्ध श्रोतहरुको प्रभावकारी रुपमा प्रयोग गर्दै जनताको सेवामा सक्रिय भएर लाग्ने प्रतिक्रिया शेर्पाले दिनुभएको छ । जग्गा खरिदको काम कार्यवाहक राजदुत राजेन्द्र पाण्डेले अगाडि बढाइ सक्नुभएकाले भएकाले उहाँकै कार्यकालमा दुतावासले आफ्नो भवन पाउने अनुमान गरिएको छ ।







