विराटनगरलाई मेघा सिटी बनाउने एमाले मेयर उम्मेद्वारको घोषणा

असार ५ । विराटनगर, विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकालले पाँच वर्ष्भित्र विराटनगरलाई मेघा सिटी बनाउने उद्घोष गर्नु भएको छ । सोमबार एमाले विराटनगर महानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विराटनगरलाई प्रदेश नम्वर १ को राजधानी वनाउने र जनताका थोत्रौ भौतिक आवास नै परिवर्तन गरिदिने प्रतिवद्धता जाहेर गर्नुभएको हो ।

कार्यक्रममा पोलिटव्युरो सदस्य लालावावु पण्डित लगायतले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । एमालेको प्रतिवद्धतापत्रमा पाँच वर्ष्भित्र विराटनगरलाई मेघा सिटी र दश वर्ष्भित्र देशकै नमुनाका रुपमा समृद्ध सिटी वनाउने योजन रहेको छ ।

प्रतिवद्धता पत्रमा विराटनगरलाई चीन र भारतको पारवहनको केन्द्र वनाउने एजेण्डालाई महत्व दिइएको छ ।
एमाले उम्मेदवार ढकालले विराटनगरलाई औद्योगिक नगरी वनाउने, अन्य नगरसँग सहकार्यमा एकीकृत फाहोर व्यवस्थापन गर्ने, विराटनगरलाई व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, लगायतका योजनाहरु सार्वजनिक गर्नुभयो ।

सम्बन्धित शिर्षकहरु