नाकाबन्दीका बावजूद लडाकु विमान किन्दै कतार

असार १। छिमेकी मुलुकहरुबाट नाकाबन्दीका खेपीरहेको कतारले अमेरिकासँग १२ खर्ब रुपैँया बराबरको लडाकु विमान किन्ने सम्झौता गरेको छ । खाडी मुलुकमा जारी कूटनीतिक तनाव बढिरहेको बेला कतारले अमेरिकाबाट कम्तीमा ३६ ‘एफ–१५’ विमान किन्ने सम्झौता गरेको हो । अमेरीकाको वाशिंगटनमा कतारका रक्षामन्त्री खालिद अल अत्तिया र अमेरिकी रक्षामन्त्री जिम म्याटिसबीच सो सम्झौता भएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुशार १२ अर्ब डलरको व्यापारले कतारलाई अधिकतम आधुनिक क्षमता दिने र अमेरिका तथा कतारबीच सुरक्षा सहकार्य बढ्नेछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग एक सय १० अर्ब डलर बराबरको हतियार सम्झौता गरेका थिए । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले नाकाबन्दी प्रति तटस्थ अभिव्यक्ति दिए पनि राष्ट्रपति ट्रम्पले भने नाकाबन्दीको समर्थन गरेका थिए। बुधबार नै दुई अमेरिकी नौसैनिक जहाज संयुक्त सैन्य अभ्यासका लागि कतारको राजधानी दोहा आइपुगेको बताइएको छ। एजेन्सी

सम्बन्धित शिर्षकहरु