मलेसियाको जेलमा रहेका ११८ नेपालीलाई स्वदेश फ़र्काइदै

भदौ १, काठमाडौँ – अनेक आरोपमा मलेसियाली जेलमा बन्दी जीवन बिताइरहेका ११८ नेपालीलाई मलेसियास्थित नेपाली राजदूतावासले उद्धार गरी स्वदेश फर्काएको छ ।

मलेसिया
मलेसिया

बुकिटजलिलस्थित बन्दीगृहबाट उद्धार गरिएका नेपालीलाई आज स्वदेश फर्काइएको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिनुभयो । “उद्धार गरिएकाहरु आजै नेपाल वायुसेवाको उडानबाट त्यहाँ आउँदै हुनुहुन्छ”, उहाले भन्नुभयो । उनीहरूलाई रोजगार प्रवद्र्धन बोर्डले समस्यामा परेका नेपालीका लागि सहयोग गर्न खडा गरेको कोषबाट हवाई टिकट खरिद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मलेसियामा भ्रमणका क्रममा केही समयअघि यात्रा अनुमति, प्रवेशाज्ञालगायत वैधानिक कागजात नभएका र अन्य कारणले पक्राउ परेका नेपालीलाई तत्काल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो  ।

सम्बन्धित शिर्षकहरु