न्युजिल्याण्डको क्राइस्टचर्चमा नेपाली झाँकीको रौनक

अस्ट्रेलिया । न्युजिल्याण्डको क्राइस्टचर्चमा नेपाली समुदायको साँस्कृतिक झाँकीले रौनक ल्याएको छ ।  न्युजिल्यान्डमा नेपाली कला संस्कृति सम्वद्र्धनका लागि साँस्कृतिक विविधतासहितको झाँकी प्रदर्शन भएको हो । इसाइ धर्मावलम्बीको महान पर्व क्रिस्मसको पूर्वसन्ध्यामा सान्टा परेडमा नेपाली झाँकी प्रदर्शन भएको हो ।

नेपाल न्युजिल्याण्ड फ्रेन्डसीप सोसाइटी क्यान्टवरीको संयोजनमा सान्टा परेडमा नेपाली साँस्कृतिक प्रदर्शन गरिँदा त्यसले बेग्लै रौनकता थपेको त्यहाँका नेपाली समूदायले विश्वास गरेका छन् ।

विभिन्न नेपाली साँस्कृतिक पोशाकमा सजिएका नेपालीले बाजागाजा र लाखे नाँचसहित परेडमा सहभागिता जनाएका थिए ।

नेपालको धार्मिक साँस्कृतिक विम्वका रुपमा परिचित बौद्धस्तुपा र ध्वजापताकाले सिंगारिएको सवारीसहित नेपाली झण्डा फहराउँदै नेपाली समुदायले करीब ३ किलोमिटरको पैदलयात्रा गर्दै झाँकी पैदर्शन गरे ।

सम्बन्धित शिर्षकहरु