अछाममा चट्यांग लागेर १ को मृत्यु

साउन २६, काठमाडौँ – अछाम जिल्लाको बिन्देवासनी गाविसमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्यांग लागेर मृत्यु हुनेमा बिन्नेवासनी–४ का ५५ वर्षीय नरबहादुर बोहरा रहेको बताइएको छ । चट्यांग परेको समयमा बोहरसंगै बसेका अन्य दुई जना भने सामान्य घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका बोहरालाई उपचारको लागि बयालपाटा अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका भाइ राजगरी बोहोराले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु