लेखनाथ र पोखरालाई बृहत् पोखरा बनाउनु पर्छ: अध्यक्ष अधिकारी

पोखरा,व्यवस्थापिका-संसद् विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले पोखरा,लेखनाथ र पोखरालाई मिलाएर बृहत् पोखरा बनाउनु पर्ने बनाउनु भएको छ ।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाको १२ औँ वार्षिक साधारणसभाको आईतबार उद्घाटन गर्दै अधिकारीले गणतन्त्र र लोकतन्त्रको संस्थागत विकासका लागि दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनु भयो ।

संस्थाका अध्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नगर विकास कोषका सुभाष पन्त लगायतका वक्ताले आआफ्नो मन्तव्य राख्नु भयो ।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म लेखनाथका विभिन्न वडामा आठ हजार ५०० उपभोक्तालाई चार ठाउँमा सञ्चालित भूमिगत पानी र विजयपुरको ग्यूजे खोलाबाट ल्याएको स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित शिर्षकहरु