अस्ट्रेलिया । स्वतन्त्रप्रताप शाहलाई नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यका लागि पर्यटन दूत नियुक्त गरेको छ । शाह एनआरएन अष्ट्रेलियाका पूर्वउपाध्यक्षसमेत हुन् ।
उनलाई दुई वर्षको लागि पर्यटनदूत नियुक्त गरिएको हो । नेपालमा पर्यटन प्रबद्र्धन गर्नका निम्ति शाहले योगदान दिने अपेक्षासहित नियुक्ति गरिएको पनि पत्रमा उल्लेख छ । शाहले पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप ऊर्जा प्राप्त भएको भन्दै शाहले यहाँस्थित दूतावास र अन्य राज्यमा नियुक्त भएका पर्यटनदूतहरुसँगको छलफल र सहकार्यका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।








