काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ ।
नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताए । “हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिसरमा एकत्रित पत्रकारलाई उनले भने । उनले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताए ।
सत्तारुढ प्रमुख दल नेकपा ९एमाले०का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भने । उनले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताए । उनले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट गरे । रासस


![;+;bdf cy{dGqL kf}8]naf6 ah]6 k|:t't Joj:yflksf–;+;bsf] zlgaf/sf] a}7sdf cy{dGqL lji0f'k|;fb kf}8]nn] cfufdL cfly{s jif{ @)&#÷&$ sf] /fh:j / Joosf] jflif{s cg'dfg -ah]6_ k]; ug{ nfUb} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/05/1464435874373_PRO_KTM_160528_IMG_1755-1-300x200.jpg)






