काठमाडौं । सेवाग्राहीका काम गर्ने समयमा अधिकांश कर्मचारी सामाजिक संजालमा झुत्तिए के हुन्छ ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहरदरबारमा ।
काममा ढिलासुस्ती हुन्छ, सेवाग्राही ठगिन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अधिकांश महत्वपूर्ण मन्त्रालय कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक, ट्वीटर लगायत सामाजिक संजाल चलाउन निषेध गरेको छ । सेवा दिनुको सट्टा कर्मचारी, फेसबुक ट्वीटरमा व्यस्त हुन थालेपछि मुख्य सचिवको अग्रसरतामा सामाजिक संजाल चलाउन प्रतिबन्ध लगाइएको हो । अब सिंहदरबारमा बिहान ९ देखि बेलुका ५ बजेसम्म फेसबुक, ट्वीटर चलाउन पाइने छैन । आजको नागरिक दैनिक समाचार छ ।








