यौन सम्पर्क गर्न नमान्दा श्रीमतीको हत्या

असनेपाल न्युज सम्बाददाता

असार २७,  झापा – झापाका एक युवकलाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफ्नै  श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कनकाइ नगरपालिका ७ का २७ वर्षीय उमानाथ गहतराजलाई २३ वर्षीया श्रीमती मञ्जुको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मृत्यु भएपछी अन्त्यष्टिका लागि शवलाइ कन्काई नदीमा लागिसकेपछि मन्जुका माइतीले आफ्नी छोरीको हत्या भएको प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात प्रहरीले शव बरामत गरि पोष्टमार्टमका लागि मेची अंचल अस्पताल भद्रपुर लागेको थियो ।

पक्राउ परेका गहतराजले प्रारम्भिक बयानमा यौन सम्पर्क गर्न नमाने पछि श्रीमतीको छातीमा मुक्का हानेको स्वीकारेका छन् । मुक्का प्रहारले मन्जुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले दावी गरेको छ । श्रीमतीको हत्या आरोप लागेका गहतराज हाल थप अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

 

सम्बन्धित शिर्षकहरु