काठमाडौं, बेलायतका राजकुमार फ्रिन्स ह्यारी चैत्र ७ गते नेपाल आउने पक्का भएको छ । उनको सचिवालयले मार्च २० देखि ३२ सम्म नेपालमा ह्यारी रहने उल्लेख गरेको छ ।
यस अघि नै उनी नेपाल आउने तय भए पनि मिति भने तय भएको थिएन । ह्यारी बेलायतबाट नेपाल आउने उच्च पदस्थ व्यक्ति हुन् ।
किङसटन प्यालेसले उनको भ्रमण मितिको पुष्टि गरेसँगै चासोका साथ उनको भ्रमणलाई हेरीएको छ । सामाजिक सेवामा रुचि भएका ह्यारी भूकम्प प्रभावित जिल्लामा जाने छन् भने त्यहाँ रहेका गोर्खा सैनिकको परिवारको बारेमा पनि जानकारी लिनेछन् ।
यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने तय भएको छ । उनी चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न जानेछन् भने कञ्चनजंघा वा लाङटाङमा पैदल यात्रा गर्नेछन् ।
Prince Harry is really looking forward to his first trip to Nepal. It is a country he has long wanted to visit #RoyalVisitNepal
— Kensington Palace (@KensingtonRoyal) February 25, 2016
Prince Harry is keen to enjoy the country’s stunning natural beauty and will visit one of #Nepal‘s National Parks. pic.twitter.com/41xxMxst3r
— Kensington Palace (@KensingtonRoyal) February 25, 2016





