दाताले फिर्ता मागे दिएको २ अर्ब अनुदान

Shanti-Mantralaya-Buildingमाघ ११ । काठमाडौैँ., शान्ति कोष अन्तर्गतको बास्केट फन्डमा जम्मा भएको रकम तोकिएको समयभित्र खर्च हुन नसकेपछि दातृ निकायहरुले सहयोग रकम फिर्ता माग्न थालेका छन् ।सरकारसँग सन् २०१५ को डिसेम्बरसम्ममा सहयोग रकम खर्च गरिसक्ने सम्झौता गरेका ती दातृ निकायले सो अवधिभित्रमा खर्च नभएपछि सहयोग रकम नै फिर्ता मागेको छ ।

शान्ति मन्त्रालय उच्च स्रोतले दिएको जानकारीअनुसार स्वीजरल्याण्ड, नर्वे र डेनमार्कले आफूले गरेको सहयोग रकम फिर्ता मागेका हुन् । उनीहरुले कोष सचिववालयसँग् तोकिएको समयसीमाभित्र रकम खर्च हुन नसकेकोले खर्च हुन नसकेको सबै रकम फिर्ता मागेको मन्त्रालय स्रोतले बतायो ।

ति अधिकारीका अनुसार तिन देशले आफूले उपलव्ध गराएर पनि तोकिएको समयभित्र खर्च हुन नसकेको २ अर्ब फिर्ता मागेका हुन् । सो रकम उनीहरुले आफ्नै देशमा लैजान्छन् वा नेपालमा नै अर्को कुनै कार्यमा खर्च गर्छन् भन्ने विषयमा भने कुनै स्पष्ट नभएको मन्त्रालयले बताएको छ । राजधानी दैनिकबाट

सम्बन्धित शिर्षकहरु