प्रहरीले खोजी थालेपछि बुलेटप्रुफ लगाउन थाले गुण्डाहरु

asapiपुस ३०। काठमाडौं दिनेश अधिकारी चरी र कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डागर्दीमा संलग्नहरु बुलेटप्रुफ ज्याकेट लगाएर हिड्न थालेका छन् ।

घैंटेका प्रमुख सहयोगी युवराज गुरुङ सानुभाइ पुस २५ मा नुवाकोटको रातामाटेमा बुलेटप्रुफ ज्याकेट लगाएको अवस्थामा एक राउण्ड गोली लोड गरिएको रिभल्भरसहित पक्राउ परेका छन् ।

प्रहरी मुठभेडमा दुई गुण्डानाइके मारिएपछि अन्य गुण्डानाइके तथा उनीहरुका सहयोगी उपत्यकामा बस्न छाडेका छन् । घैटे मारिएपछि उनका सहयोगी उपत्यकाबाट भागेका थिए । घैटेका केही हतियार तथा सम्पत्ति उनीहरुसँग रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले खोजी गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर नुवाकोटमा बस्दै आएका थिए । पछिल्लो समय गुणडहरुको आपराधिक गतिविधि सून्यजस्तै भएको महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वोन्द्र खनालले बताए ।

गुरुङले कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाएको बताए पनि त्यो डर मुख्यतः प्रहरीकै हो भन्ने बुझ्न गाह्रो पर्दैन । प्रहरीले केही आक्रामक कारबाही थालेपछि केही भागेका छन् भने केहीले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाउन थालेका छन् ।

गत वर्ष चरीको इन्काउटरपछि नै गुण्डानाइकेहरूको सातो गएको थियो । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु