मन्त्रालयको नाम के हो ?

पुस २७ । काठमाडौं, सिंहदरबारको एउटा भवनमा पशुपक्षी विकास मन्त्रालय लेखिएको छ, तर भित्र मन्त्री शान्ता मानवीको कार्यकक्षमा पशु विकासमन्त्री लेखिएको छ । भवनको मूल ढोकादेखि मन्त्रीको कार्यकक्षमा पुग्दा पक्षी उडिसकेको देखिन्छ ।
pasu-660x330
त्यति मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने शान्ता मानवीलाई पशुपक्षी विकासमन्त्री भनिएको छ, तर उनकै राज्यमन्त्री नरदेवी पुन मगरलाई पशु विकास राज्यमन्त्री भनिएको छ । मन्त्रालय फुटाउँदै मन्त्री धेरै बनाउँदा सरकार आफैँ अलमलमा परेको छ । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु